समाचार
»
दाइसँग बेखुस, दिदीसँग खुस
दाइसँग बेखुस, दिदीसँग खुस
बैशाख, काठमाडौं । आफूभन्दा केही ठूला दाइ र दिदी चिटिक्क लुगा लगाई किताब बोकेर स्कूल जान लागेपछि तीन वषिर्य सानो भाइ आशिष भट्ट म नि स्कूल जाने भनेर रुन थाले । चकचक गरिरहने छोरो दाइ र दिदीसँगै स्कूल गए बाबुआमालाई पनि ढुक्क । उसलाई हेर्न नपरेपछि घरको कामधन्दा पनि छिटो गर्न पाइन्छ भनेर बाबुआमाले लौ न लौ जाउ भनेर पठाइदिए ।
धादिङको नलाङ मावि चरिमारेटार नजिकै घर भएका तीन बालबालिका खेल्दैखेल्दै उतिखेरै स्कूल पुगे । कक्षा शुरु भएपछि आशिष चार कक्षामा पढ्ने दाइ आयुषसँग बसे । कक्षामा रहेका अरु विद्यार्थी र पढाउन आउने सर-मिस उनलाई नौलो लाग्यो । घरमा जस्तो चकचक गर्न र कराउन नपाइने । दाइसँगै गम्दारी भएर बेञ्चमा बस्नुपर्ने । सानोबाबु आशिषलाई छटपटी भयो । दाइले चुप लाग भन्दाभन्दै उनी रुन थाले ।
त्यसपछि भाइ हेर्ने जिम्मा आयो दुई कक्षामा पढ्ने दिदी आयुष्काको । उनले भाइलाई बिस्कुट किनेर दिइन् । कक्षामा पस्नुअघि एकछिन भाइलाई डुलाइन् । केहीबेरअघि दाइसँग कक्षामा बस्दा रोइरहेका आशिष उतिखेरै खुशी भए ।
दिदीसँग यतिधेरै खुशी हुने भाइ दाइसित हुँदा चाहिँ किन रोएको त ? ‘खै मैले चुप लाग भनेकै हो, मानेन’ चार कक्षामा पढ्ने दाइ आयुषले भने । हुन उनले पनि कक्षामा हुँदा भाइलाई खानेकुरा खान दिएका थिए । तर, भाइ एकछिन मात्र चुप लागेर बस्न सक्यो । धेरै बेर रोइरहृयो । दिदीसँग हिँड्ने बित्तिकै भाइ उतिखेरै चुप भयो । ‘घरमा पनि मसँग नै मान्छ भाइ’ लजाईलजाई आयुष्काले भनिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses