समाचार
»
मरेको कुखुरा विक्री गरेको आरोपमा व्यापारी पक्राउ
मरेको कुखुरा विक्री गरेको आरोपमा व्यापारी पक्राउ
रौतहट - रौतहटको चन्द्रनिगाहपुर बजारमा मरेको कुखुरा विक्री गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुर बजारमा रामबाबु रौनियारले सञ्चालन गरेको राज फ्रेस हाउसमा केही दिन अघि मरेको कुखुरालाई काटेर प्रतिकिलो दुइ सयका दरले विक्री गरिरहेको जानकारी पाएपछि रौनियारलाई इलाका प्रहरी कार्यालयल चन्द्रनिगाहपुरले पक्रेको हो। चितवन जिल्ला लगायत देशका विभिन्न ठाउँहरुमा केही दिन अघि बर्डफ्लु लागेको पुष्टी भएको बेला पनि मरेको कुखुरा बेचेपछि मरेको कुखुरालाई परीक्षणका लागि जनकपुर पठाइएको प्रहरी निरीक्षक नन्दलाल साहले बताए । जन स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी मरेको कुखुराको मासु बिक्रि गर्नेलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मन्च रौतहटका जिल्ला सचिव टिका घिमिरेले प्रशासन संग माग गरे ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses