घुस लिँदालिँदै नापी अधिकृत पक्राउ
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
लहान- नापी कार्यालय लहानका प्रमुख विनोदकुमार बर्मालाई सेवाग्राहीसँग घुसलिँदै गर्दा मातृका माओवादीले समाएका छन्।सिरहा भदैया-४ अमहीका सेवाग्राही विसेश्वर चौधरीसँग चार सय घुसलिने कार्यालय प्रमुख बर्मालाई समाएर प्रहरीलाई बोलाउँदा प्रहरीले बेवास्ता गरेको मातृका माओवादीका जिल्ला नेता वीरेन्द्र यादवले बताए। यादवले भने,‘वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक गोपालप्रसाद ढकाललाई जानकारी गराउँदा 'हुन्छ म बुझ्छु' भनेर फोट काटे।प्रहरीप्रसाशनले चासो नदेखाएपछि सञ्चारकर्मीलाई गुहारेको यादवले बताए। खबर पाएर नापी कार्यालय पुगेका सञ्चारकर्मीसँग आरोपित कार्यालय प्रमुख बर्माले भने,‘यति सानो कुरालाई ठूलो नबनाउनुस्, गलती भयो।'मैले घुसमागेको होइन,' उनले भने, 'रित पुर्यानपो भनेको थिएँ, चार सय रुपैया दिएर चौधरीजीले रित पुर्याएको छ।' बर्माले सञ्चारकर्मीको उपस्थितिमै चौधरीसँग लिएको चार सय रकम आफ्नै कार्यकक्षमा फिर्ता गरेको छ। एक महिना पहिला भदैया ४ अमहीमा छुटयाइएको साढे पाँच कठा जग्गाको नापी प्रमाणित गराउन आएका आफूसँग कार्यालय प्रमुखले हस्ताक्षर गरेबापत घुसमागेको चौधरीले बताए।'पहिला एउटा औंला देखाएर सांकेतिक रुपमा मागे,' चौधरीले भने, ‘पछि धाक खोलेरै एक हजार मागे।' बारगेनिङ गर्दा चार सयमा राजी भएको चौधरीले बताए। वडा प्रहरी कार्यालय लहानका इन्सपेक्टर ढकालले‘मालपोत अधिकृतले घुसलिएको जानकारी आफूलाई आएको स्वीकारे।प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले पनि घटनाबारे आफूअवगत रहेको बताए।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses