आज सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो !
७ जेठ, काठमाडौं । निरन्तर ओरालो लागेको सुनको भाउ मंगलबार एकै दिन १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ५० हजार ३ सय रुपैयाँ तोकेको छ । सोमबार छापावाला सुनको मुल्य तोलामा ४ सय रुपैयाँ घटेर तोलाको ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार नेपाली बजारमा तेजाबी सुन तोलाको ५० हजार ५० रुपैयाँमा कारोबार भइरहेका छ । सोमबार तेजाबी सुन तोलाको ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर ओरालो लागेको सुनको भाउमा एक्कासी ब्रेक लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य बढ्न गएको हो ।
मंगलबार चाँदीको भाउ समेत बढेको छ । सोमबार तोलाको ८ सय २९ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३५ रुपैयाँ बढेर ८ सय ६४ रुपैयाँमा कारोबार भइरहेको छ ।

|
0 comments
Write Down Your Responses