विराटनगरमा धमाधम व्यापारिक प्लटहरु खाली गराइँदै

मोरङ – विराटनगर उपमहानगरपालिकाले गुद्री बजारमा रहेको आफनो व्यापारिक क्षेत्र 'बी' प्लट खाली गराउन सफल भएपछि नजिकै रहेको 'ए' प्लटलाई पनि खाली गराउन सूचना जारी गरेको छ।
उपमहानगरपालिकाले वर्षौदेखि न्यूनतम राजस्वसमेत नबुझाई कब्जा जमाएर व्यापार गर्दै आएका व्यापारीहरुलाई ३५ दिने सूचना जारी गरेर जेठ ५ गते 'बी' प्लट डोजर लगाएर खाली गराउन सफल भएपछि 'ए' प्लट पनि भत्काउन सूचना जारी गरेको हो।

व्यापारीहरुले आगामी असार ११ गते 'ए' प्लट खाली गरी सक्नुपर्ने छ। अटेर गरेमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ एवम् नियमावली २०५६ बमोजिम टहराहरु भत्काइने नगरपालिकाद्वारा जारी सूचनामा जानकारी गराईएको छ।

विराटनगर उपमहानगरपालिकाभित्र व्यस्त बुधहाट चौकमा 'ए, 'बी', 'सी' र 'डी' गरी चारवटा व्यापारिक प्लटहरु छन्। नपाले ...सी' प्लटमा मात्रै आधुनिक व्यापारिक भवन निर्माण गरेको छ। अरु प्लटहरुमा वर्षोदेखि टहरा र साना भवन वनाएर व्यापारीहरुले कव्जा जमाउँदै आएका छन्। नगरपालिकाले खाली गराइएका प्लटमा तत्काल सवारीसाधन सःशुल्क पार्किङको व्यवस्था गरिने र पछि आधुनिक व्यापारिक कम्पलेक्स निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाको आम्दानी वृद्धि गर्न र नगरलाई व्यवस्थित गर्न धमाधम व्यापारिक प्लटहरु खाली गर्न थालिएको उपमहानगरकापालिकाका कानुन अधिकृत विनोद कोइरालाले बताए। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.