सुनको मूल्य घट्यो, चाँदी स्थिर
२३ बैशाख, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ५२ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ५२ हजार ५० रुपैयाँ तोकेको छ ।
गत बिहीबार ८ सय रुपैयाँ घटेर तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पुनः ५ सय रुपैयाँ बढेर ५२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो । आइतबार भने सुनको मूल्यमा फेरबद भएको थिएन । सोमबार चाँदीको मूल्यमा भने कुनै फेरवदल आएको छैन् । बजारमा चाँदी तोलाको ९ सय १० रुपैयाँमा करोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
0 comments
Write Down Your Responses