मधेसी जनतासँग लभ पर्‍यो : दाहाल


सर्लाही- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनतासँग आफ्नो लभ परेको बताएका छन्। उनले मधेसी जनतासँग लभ परेकैले मधेसबाट चुनाव लड्ने उद्‍घोष गरेको प्रष्ट पारे। 'मधेसमा आउँदैजाँदै गर्दा मधेसी जनतासँग लभ पर्‍यो,' उनले भने, 'संविधान सभामा लभ परेकैले मधेसबाटै चुनाव लड्ने निधो गरे।' सर्लाहीको हिरवनमा मधेस ब्यूरोले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष दाहालले मधेसी जनताले आफूसँग लभ गरेको छ, छैन् भन्ने कुरा अबको चुनावमा थाहा हुने बताए। उनले संविधान सभाको चुनावमा दुई तिहाइ बहुमतसहित अघिल्लो संविधान सभा चुनावमा भएको गल्तीको ब्याज असुल्ने बताए। 'अघिल्लो चुनवको गल्ती अब ब्याजसहित असुल्छौं,' उनले भने, 'मधेसी जनताले हामीलाई बहुमत दिलाउन भरपुर मद्दत गर्नेछ भन्ने विश्‍वान छ।' करिब १५ हजार सहभागी कार्यकर्ताबीच पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले एमाओवादी नेतामाथि कांग्रेस-एमालेले सम्पत्ति जोडेको लगाउने आरोप निराधार रहेको बताए। उनले त्यस्तो प्रमाणित भए कांग्रेसले उक्त सम्पत्ति असुल्नसक्ने बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.