समाचार
»
भाडाको घर राजदूतले नछोड्दा परराष्ट्रलाई समस्या
भाडाको घर राजदूतले नछोड्दा परराष्ट्रलाई समस्या
२२ वैशाख, काठमाण्डौं । नेपालका लागि इजिप्टका राजदूत मोस्तफा अब्देल्हामिद मोहम्द गेन्डीले आफू बस्दै आएको ललितपुर धोबीघाट भनिमण्डलस्थित घर छोड्न नमानेपछि परराष्ट्र मन्त्रालय समस्यामा परेको छ । मन्त्रालयले दुई महिनादेखि प्रयास गर्दा पनि समस्यालाई सुल्झाउन सकेको छैन् । पछिल्लो पटक सन् २००७ मा इजिप्टको दूतावासँग भएको सम्झौताअनुसार राजदुत गेन्डी उक्त घरमा बस्दै आएका हुन् । सम्झौताअनुसार म्याद सकिनुभन्दा तीन महिनाअघि सूचना दिइए पनि राजदूतले भवन छोड्न नमानेपछि घरधनी सुवर्णलाल श्रेष्ठले परराष्ट्र मन्त्रालय गुहारेका हुन् । सन् २००७ मा पुन चार बर्षका लागि राजदूतले उक्त घर प्रयोग गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार सन् २०११ मा घर छोड्नुपर्ने थियो । तर राजदूतले सम्झौता नवीकरण भएको भन्दै छोड्न नमानेको उजुरी घरधनी श्रेष्ठले मन्त्रालयमा गरेका छन् । घरधनी श्रेष्ठका भतिजा रजतकृष्णले भने, ‘हामीले राजदूतलाई पटकपटक भन्यौं । मौखिक भन्दा नभएपछि दूतावसलाई लिखित निवेदन समेत दियौं तर उनले घर छोड्न नमानेपछि समस्या परेको छ । हाम्रो परिवारलाई त्यो घर चाहिएको छ तर उहाँ छोड्दिन भन्नुहुन्छ,’ सम्झौतामा तीन महिना अघि घर छोड्न सूचना दिने भनिए पनि दुई महिना २० दिन भएपछि मात्र सूचना नदिएको भन्दै राजदूतले छोड्न नमानेको अन्नपूर्ण पोष्टमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses