गच्छदारले भने- ‘डन’ गणेश लामा चुनाव जित्ने नेता हुन्
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ‘डन’ गणेश लामालाई सरकारले फसाउन खोजेको आरोप लगाउनु भएको छ । विभिन्न पक्षबाट लामाको मनोवल गिराउने काम भइरहेको भन्दै गच्छदारले भन्नुभयो-’गणेश लामाको विषय ‘सब-जुडिस्ट’को विषय हो । अहिले उनलाई फसाउन राज्य पक्षले टर्चर दिइरहेको छ । त्यो जायज छैन ।’ लामा काभ्रेबाट चुनाव जित्ने पार्टीको नेता भएको भन्दै आरोप लाग्दैमा उनलाई पार्टीबाट नहटाउने स्पष्ट पार्नुभयो । अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति सुद्धीकरण विभागले लामासहितका ५ डनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उच्चस्तरीय राजनीतिक समितिका सदस्य समेत रहेका नेकपा-माओवादीले अघि सारेको कुनै पनि माग पूरा नहुने बताउनुभएको छ । सरकारको बर्खास्त, गोलमेच सम्मेलनबाट नयाँ सरकारको गठनलगायतका कुनै पनि माग पुरा हुन सक्नेखालको नभएको भन्दै उहाँले पुरा हुन नसक्ने माग राख्नु निर्वाचन हुन नदिने षडयन्त्र भएको बताउनुभयो । रिपोर्टर्स क्लब नेपालको अगुवाइमा गएको पत्रकारहरुको टोलीसँग आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले भन्नुभयो-’लोकतन्त्र चाहने दल निर्वाचन बाहिर रहन सक्दैन । बाहिर हुने दल आफै सकिन्छ ।’ माओवादीसँग भएका अधिकांश दलहरुले थ्रेसहोल्ड हटाए पनि निर्वाचनमा जाने भनिसकेको भन्दै उहाँले बैद्यजीसँग कुनचाँहि दल छन् भनेर प्रश्न गर्नुभयो । उहाँले आगामी जेठ २० गते बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्वाचन अध्यादेशमा रहेको विमतीहरुमा सहमति गरेर सरकारलाई मिति तोक्न सिफारिस गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’जेठ २० गते हामि सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनाई दिन्छौ । मिति तोक्न बैठकले मन्त्रिपरिषदलाई निश्चित मार्ग निर्देश गर्छ । एक साताभित्र निर्वाचनको मिति घोषणा हुनुपर्छ ।’ मधेसमा एउटै पार्टी भएर चुनाव लडने सम्भावना अत्यन्तै न्यून रहेको स्पष्ट पार्दै गच्छदारले साना दललाई आफूमा मर्ज गराएर मर्ज नहुने मधेसवादी दलहरुसँग तालमेल गरेर चुनाव लड्ने दावी गर्नुभयो उहाँले भन्नुभयोे-’मधेसमा एक पार्टी बनाउने सम्भावना अत्यन्तै न्यून छ । मधेसवादी दलहरुसँग तालमेल र मर्ज हुनसक्छ ।’
|
0 comments
Write Down Your Responses