भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
४ बर्षका यी तिन दिदी बहिनी तिम्ल्याहा पनि होईनन् । यीनको जन्मको कहानी बडो रोचक छ । यी ३ छोरीकी ४० बर्षिय आमा टिसा सिंहले सबभन्दा ठुली छोरी कारा जन्मिएको १२ हप्ता पछि आँफु पुनः गर्भवति भएको बताईन । उनले पछिल्लो पटक २८ हप्तामा नै २ जुम्ल्याहा छोरी लाउरा र जेनालाई जन्म दिएको सुनाईन ।
यसरी कारा, लारा र जेनाको जन्म ९ महिना भित्रै भयो । यसको मतलब हरेक बर्षको तेस्रो महिनामा यी तिनै बालिकाको उमेर एउटै हुने भयो । यीनका बुबा भन्छन, ”हाम्रो तिनै छोरीको उमेर एउटै हो र यीनीहरु तिम्ल्याहा होईनन् भनेर कसैले पनि पत्याउँदैन ।” पेशाले शिक्षक रहेकी टिसा भन्छिन, ”मलाई आँफैलाई ९ महिनामा तिन छोरिको आमा बनेको बिश्वास लाग्दैन ।”
९ महिनामा ३ ओटा बच्चा, तर तिम्ल्याहा भने होईनन्
सामान्यतः एउटा बच्चा जन्मिन कति समय लाग्छ । लगभग ९–१० महिना । एउटा ९ महिनामा जन्मिएपछि अर्को जन्मिन पक्कै पनि अर्को १ बर्ष लाग्ने नै भयो । तर म्यानचेस्टरमा ९ महिनाको अबधिमै ३ ओटा बच्चा जन्मिए ।
Powered by Blogger.
0 comments
Write Down Your Responses