पाडोले मकै खाएको निहुँमा वृद्धाको हत्या


२० वैशाख, पोखरा । कास्कीको ढिकुरपोखर-१ फल्लापानीमा बारीमा लगाइएको मकै पाडोले खाएपछि उत्पन्न विवादमा एक वृद्धाको मृत्यु भएको छ । सोही ठाउँमा बस्ने ५५ वर्षीय वेदहरि दाहालको पाडोले सोही ठाउँ बस्ने ५७ वर्षीया पार्वती अधिकारीको बारीको मकै पाडोले खाइदिएपछि दुवै पक्षबीच झगडा भएको थियो । झगडाकै क्रममा पार्वतीले दाहाललाई तथानाम गाली गरेपछि दाहालले दाउराको चिर्पटले पार्वतीको टाउकामा हिर्काएका थिए । सख्त घाइते पार्वतीको मणिपाल अस्पतालमा उपचारका क्रममा अपराहृन ४ बजेतिर मृत्यु भएको थियो । प्रहरीले हत्या गरेको अभियोगमा दाहाललाई नियन्त्रणमा लिएको छ । रासस भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.