नागरिकता बनाउने नेपालीभन्दा भारतीय नै बढी

२६ वैशाख, काठमाण्डौं । जन्मका आधारमा नागरिकता पाएका बाबुका सन्तानलाई बंशजका आधारमा नागरिकता वितरण गर्न थालेपछि नवलपरासीमा जिल्लाका सीमावर्ती भेगमा भारतीय ग्रामीण तथा सहरी क्षेत्रबाट ठूलो संख्यामा नागरिकता बनाउन आउने गरेका छन् ।
nagariktaजिल्ला प्रशासनसँगै एकीकृत घुम्ती सेवाबाट समेत नागरिकता वितरण गर्न थालेपछि केही भारतीय नागरिकले समेत वंशजका आधारमा नागरिकता प्राप्त गरेको खुलासा भएको छ । नागरिकता सिफारिस लिन गाविस र नगरपालिकामा भारतीयको भीड लाग्ने गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।
सीमावर्ती ठुठिबारी, बर्गदवा, झोलनिपुर, लक्ष्मीपुरलगायतका भारतीय क्षेत्रबाट नेपाली नागरिकताको सिफारिस लिन आउनेको संख्या वृद्धि भएको गाविस र नगरपालिकाले जनाएका छन् ।
जन्मका आधारमा नागरिकता लिएकाहरुको बसोबास र सम्पूर्ण कारोबार भने भारत मै छ । नेपालमा सम्पत्ति नभएका कारण भारतीय नागरिकलाई छोराछोरी बनाएर पठाउँदा नागरिकताको सिफारिस लिन आउनेको संख्या वृद्धि भएको रामग्राम नगरपालिकाका नायब सुब्बा विष्णु आलेले बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.