नागरिकताका लागि सिफारिस नगर्दा कर्मचारीले भेटे मुक्का !
२१ वैशाख, गुल्मी । नेपाली काँग्रेसका महासमिति सदस्यले दुर्गममा सञ्चालित घुम्ती शिविरमा नागरिकताका लागि सिफारिस नगरिदिएको भन्दै कर्मचारीलाई मुक्का हानेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को पूर्तिघाटमा सोमबारदेखि चलेको शिविरमा नागरिकताका लागि सिफारिस नगरेको भन्दै महासमिति सदस्य बेदबहादुर थापा मगरले खड्गकोट गाविस सचिव भोजबहादुर राना र फोक्सिङ कृषि सेवा केन्द्र प्रमुख ताराप्रसाद चपाईलाई मुक्का हानेको कान्तिपुर दैनिकमा खबर छ । मुक्का प्रहारबाट चपाईको नाथ्रो फुटेको थियो ।
सचिव रानाका अनुसार मगरले खड्गबोट ५ बरलबाकी मिज्जा थापाको नागरिकता बनाउन सिफारिस गरिदिन आग्रह गर्दै कागजात बोकेर आएका थिए । युवतीको सिफारिस गर्ने क्रममा ११ कक्षामा पढ्दै गरेको बताए पनि शैक्षिक योग्यताको कुनै प्रमाणपत्र नभएपछि शैक्षिक योग्यताको प्रमाणपत्र आफूले माग गरेको तर मगरले प्रमाणपत्र नभए पनि नागरिकताको फारममा उल्लेख भएअनुसारकै जन्ममिति राखेर सिफारिस गर्न दबाब दिएका थिए । ‘प्रमाण विना सिफारिस गर्न नसक्ने बताएपछि मगरले मलाई टाउकोमा हाने,’ सचिव रानाले भने, ‘अझ मलाई टाउकोमा हान्ने क्रममा बचाउन खोज्ने कृषि सेवा केन्द्रका प्रमुख चपाईलाई पनि मुखमा हानेका थिए ।’
0 comments
Write Down Your Responses