स्ववियु निर्वाचन आचार संहिता सार्वजनिक
२ जेठ, काठमाडौं । १३ विद्यार्थी सङ्गठनहरुले आगामी २३ गते हुने स्ववियु निर्वाचन सम्बन्धिआचार संहिता सार्वजनिक गरेका छन् । नेविसंघ केन्द्रीय कार्यालयमा का. वा. अध्यक्ष क्षितिज भण्डारीको अध्यक्षतामा बसेको १३ विद्यार्थी संगठनहरुको संयुक्त वैठकले स्ववियु निर्वाचनलाई सहमति-सहकार्यका साथ सम्पन्नगर्ने उद्देश्यले तयार पारेकोआचार संहिता सार्वजनिक गरेको हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला कुनै पनि क्याम्पसमा कुनै पनि सङ्गठनले अन्य सङ्गठनलाई निषेधको राजनीति नगर्ने, चुनावमा भड्किलो खर्च गर्न नपाउने, पैसा बाँड्ने प्रवृत्तिलाई पूर्णरुपमा बन्द गर्नुपर्ने, चुनावमा रक्तपात मच्चाउन खोज्ने, चुनावलाई रणभूमिमा परिणत गरी भाँड्न खोज्ने तत्व पहिचान गरी सशक्त प्रतिकारमा उत्रने, अन्य विश्वविद्यालयहरुमा २ गते संयुक्त रुपले ज्ञापन पत्रबुझाउने र २३ गते नैस्ववियु निर्वाचननिष्पक्ष गराउन दबाव दिने जस्ता नौ बुँदेआचार संहिता सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेविसघका का.बा. अध्यक्ष भण्डारीले अहिले स्ववियु निर्वाचन भाँड्ने तत्वहरु सक्रियभएको भन्दै कसैले निर्वाचन भाँड्न खोज्छ, रक्तपातसिर्जनागर्न खोज्न र पैसा बाँडेर निर्वाचन जित्ने प्रयत्न गर्न खोज्ने तत्वहरुलाई निगरानीमा राखेर कारवाही गर्ने चेतावनी दिनुभयो ।
अखिल क्रान्तिकारीका उपाध्यक्षजागृत रायमाझीले भन्नुभयो-’हाम्रो लक्ष्य निर्वाचनलाई मर्यादित, निष्पक्ष, धाँधलीरहित बनाउने हो, तर पैसा र गुण्डाहरुको बलमा निर्वाचनलाई कसैले प्रभावितपार्न खोज्छ भने व्यक्तिलाई कारवाही गरिने छ ।’
0 comments
Write Down Your Responses