राजनीतिक समितिमा एमाओवादीले दादागिरी देखायो : नेपाल


२ जेठ, वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चारदलीय उच्चस्तरिय राजनीतिक संयन्त्रमा एकीकृत माओवादीले दादागिरी गरेको आरोप लगाउनु भएको छ । रौतहटको सदरमुकाम गौरमा विहीवार आयोजित कार्यक्रममा नेपालले उच्चस्तरिय राजनीतिक संयन्त्रमा एमा
लेले अब एमाओवादीको दादागिरी चल्न नदिने दाबी समेत गर्नु भयो । उहाँले माओवादीले अब पनि दादागिरी गरे एमालेले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिनु भयो । मंसिरसम्म पनि चुनाव हुन नसके त्यसको जिम्मेवारी वर्तमान सरकारले लिनु पर्ने नेपालको भनाइ थियो । नेपालले चुनावका लागि आवश्यक कानुनी जटिलता मिलाएर निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको वताउनुभयो । उहाँले नाजायज माग तेस्र्याउनुको साटो नेकपा-माओवादी लगायतका दललाई जायज माग लिएर वार्तामा आउन आग्रह गर्नुभयो । चुनावको विकल्प नभएकोले देशलाई थप जटिल अवस्थामा पुग्न नदिन सबै पक्ष चुनावको तयारीमा लाग्नुपर्ने नेपालको भनाइ छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.