विदेश जानेका दैनिक १ हजार ५ सय एसएमएस !

१६ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारीमा जान म्यानपावर कम्पनीमा राहदानी (पासपोर्ट) बुझाएर अन्तिम श्रम स्वीकृति कुरेर घरमै बसेकाको लागि एसएमएस सेवा निकै प्रभावकारी बनेको छ ।

म्यानपावरलाई बुझाएको राहदानी श्रम स्वीकृतिमा गएको वा नगएको पत्ता लगाउन मात्र होइन, आफू जान लागेको देश, रोजगारदाता कम्पनी, गर्ने काम र तलब सुविधासमेत एक मिनेटभित्रै थाहा पाउन सकिने भएपछि सेवाको प्रभावकारिता बढेको हो । वैदेशिक रोजगार विभागले १५ दिनअघिबाट यो सेवा सुरु गरेको हेा ।

अन्तिम श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण जानकारी मिनेटभरमै एसएमएसबाट थाहा पाउने हुँदा यो सेवा लिनेको चापसमेत ह्वात्तै बढेको छ । दैनिक १ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिँदै आएको विभागमा एसएमएस सेवा लिनेको संख्या भने दैनिक १ हजार ५ सयको हाराहारीमा रहेको राजधानी दैनिकमा खबर छ ।

दूरदराजदेखि सहरको भीडभाडबाटसमेत छिनभरमै वैदेशिक रोजगारीको अन्तिम विवरण जान्न पाइने भएकाले १५ सयभन्दा बढी एसएमएसकर्ता दैनिक सेवा उपयोग गरिरहेका छन् ।भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.