समाचार
»
बैधानिक बन्न साउदी दूतावासबाट एकै दिन ६ सय नेपालीले फारम लिए
बैधानिक बन्न साउदी दूतावासबाट एकै दिन ६ सय नेपालीले फारम लिए
काठमाण्डौ । लामो समयपछि साउदी सरकारले दिएको आममाफीको अबसरलाई सदुपयोग गर्न साउदी अरव अबैधानिक तरिकाले कार्यरत नेपाली कामदारहरु आतुर देखिएका छन । साउदी सरकारले वैधानिक होउ वा घर फर्क भन्दै अबैधानिक कामदारलाई आममाफीको अबसर दिएको भोलीपल्टै सोमबार रियादस्थित नेपाली राजदूतावासबाट सो प्रकृयाका लागि ६ सय भन्दा बढिले फारम लिएका छन । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भन्नुभयो-’पहिलो दिनको केही घण्टामै ६ सयभन्दा बढिले फारम लिएका छन, यसले हामीलाई उत्साह दिएको छ ।’ साउदी अरबमा करिव ६० हजार नेपालीहरु अबैधानिकरुपमा कार्यरत रहेको अनुमान नेपाली राजदूतावासको छ । आममाफीको तयारीबारे दुई महिनादेखि नै ब्यापकरुपमा प्रचार भइरहेकाले यो अबसरलाई नेपालीहरुले राम्रै्रसाग उपयोग गर्ने आफुले बिश्वास लिएको पाण्डेले बताउनुभयो । साउदी अरबले करिव १५ बर्षपछि यसखाले आममाफीको घोषणा गरेको हो । सोमबार नै रियादस्थित दूतावासले एक सूचना प्रकाशन गरी कसरी बैधानिक हुने र कसरी घर फर्किने भन्नेबारे जानकारी दिएको छ । पासपोर्ट साथमा भएका नेपाली कामदारले एउटा फारम भरेर इमिग्रेसनमा आउट पासका लागि जान सक्ने र पासपोर्ट नभएका नेपालीले राजदूतावासबाट निशुल्क यात्राअनुमति पत्र लिई घर फर्किनसक्ने पाण्डेले जानकारी दिनुभयो । साउदी अरबमै बसेर काम गर्न चाहने अबैधानिक कामदारलाई पनि साउदी सरकारले अबसर दिएको छ । त्यसका लागि अहिले काम गरिरहेकै कम्पनीमा वा सुरुमा नेपालबाट आएको कम्पनीमा पनि वैधानिक हुने सकिने छ । हाल काठमाण्डौमा रहनुभएका पाण्डेले भन्नुभयो-’बैधानिक हुन कति पैसा लाग्छ, कस्ता कस्ता कम्पनीमा बैधानिक हुन सकिन्छ भन्नेबारे विस्तृतमा जानकारी आएको छैन, रियाद पुगेर सवै बुझेपछि मात्र यसबारेमा थप भन्न सकिन्छ ।’ नेपाली राजदूतावास, दमाम र जेद्दास्थित दूतावास प्रतिनिधि लगायतबाट फारम लिन सकिने राजदूत पाण्डेले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses