ट्वाइलेटको पाइपभित्र भेटियो जिउँदो बच्चा (फोटोफिचर र भिडियो सहित)
जन्मिँदा
बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई पाइप भित्रबाट जिवितै
उद्दार गरिएको छ । अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा
फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर
ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो र पानी सबै तल
झरेकाले उसले सास फर्ेन सक्यो । बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र
रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ ।
चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा
रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले
ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्दार
अधिकारीहरु त्यहाँ आए । कमोटभन्दा केही तल बच्चा थियो । ऊ ४ इन्च गोलाइको
पाइपमा अडि्करहेको थियो र रोइरहेको थियो । उद्दारकर्मीले निकै होसियारी
पर्ूवक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा
पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।
त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी
फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई पाएर
फाल्ने आमाको खोजी भैरहेको बताइएको छ ।
उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ
। यो दर्दनाक घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ कडा टिप्पणी
भैरहेका छन् । एकजनाले टि्वटरमा भनेका छन्, त्यसो गर्ने बाउआमाको हृदय त
ढलको पाइप भन्दा पनि फोहोर रहेछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला |
|










0 comments
Write Down Your Responses