'एमालेकै बाटो पछ्याउनु थियो भने नागरिकलाई किन मारेको ?'
चितवन, जेष्ठ ३ - एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओबादीको १० बर्षे जनयुद्धले नेपालका कम्युनिष्टहरुको बदनाम गरेको बताएका छन् । 'कम्युनिष्टहरु असली लोकतन्त्रबादी शक्ति हुन्, त्यसको नेतृत्व एमालेले गरिरहेको छ', २० औं मदन- आश्रति स्मृति दिवसको अवसरमा शुक्रवार विहान
दासढुंगामा आयोजित सभामा उनले भने ,'१७ हजारको बलिदान चढाएर एमाओबादीले जनता माथि अपराध गर्यो ।' मदन भण्डारीकै बाटो समातेर बहुदलीय जनवादमा आएका एमाओबादीले बिना उपलब्धी जनतालाई मार्न र मर्न बाध्य पारेको आरोप नेपालले लगाए । 'घुमिफिरी माओबादी मदनको बाटो बहुदलीय जनवादमै आए', उनले भने, 'एमालेकै बाटो पछ्याउनु थियो भने नागरिकलाई अनाहकमा किन मारेको ?'
0 comments
Write Down Your Responses