मनाङ र आर्मी गोर्खा कपको अन्तिम आठमा !

काठमाडौं । मनाङ मस्र्याङ्दीसँगै नेपाल आर्मी क्लब राजधानीमा जारी गोर्खा कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले टुसाललाई ६ -० ले र मनाङले संकटालाई ५-१ ले पराजित गर्‍यो । जितपछि दुबैको समान ६-६ अंक जोडेको मनाङ र आर्मी समूह सीबाट अन्तिम ८ मा पुगेका छन् । समूह वितेता र उपविजेता दुई टोली बीचको खेलले टुङ्गो लगाउने छ भने अंकको खाता नै नखोलेको संकटा र टुसाल समूह चरणबाटै बाहिरिएका छन् ।


बिहीबार भएको खेलमा आर्मीले नरेश मेचेको हृयाटि्रकको मदतमा टुसालविरुद्ध आधा दर्जन गोल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एकपक्षीय खेलमा आर्मीले १६ औं मिनेटमा काशीराज कार्कीको गोलबाट अग्रता लियो । १९ औं मिनेटमा टेकबहादुर बुढागोकीले आर्मीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा छाए नरेश । ३२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले ३७ र ४८ औं मिनेटमा गरी हृयाटि्रक पुरा गरे । ८१ औं मिनेटमा जितेन्द्र कार्कीले गाले गरेपछि आर्मी ६-० गोल अन्तरले विजयी भयो ।


अर्को खेलमा मनाङले संकटालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । हिलाम्मे मैदानमा भएको खेलमा मनाङले २४ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा रुपेश केसीले अग्रता दोब्बर पारे । ७२ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको १ मिनेटमा अनिल गुरुङले गोल गरेपछि मनाङले ४-० को अग्रता लियो । संकटाका लागि ७९ औँ मिनेटमा राजिव गुरुङले सान्तोना गोल गरे भने खेलको ९३ औँ मिनेटमा मनाङका लागि अनिल गुरुङले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ को जित दिलाए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.