मोबाइलको कारण भेटियो कंकाल


काठमाडौँ- मान्छे बाँचुन्जेल अरुसँग सम्पर्कको एउटा माध्यम हो मोबाइल। तर धनुषामा मरिसकेपछि पनि मोबाइल सम्पर्कको माध्यम बन्न पुगेको छ। मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय घनश्याम भट्टराई वैशाख २ गतेदेखि बेपत्ता थिए। उनलाई सम्पर्क गर्ने कुनै सूत्र फेला परेको थिएन। धनुषा जिल्ला बेङगेवडार–९ बस्ने खलासी माइलाकी श्रीमतीले जंगलमा घाँस दाउरा गर्न जाने क्रममा फोक्सिंग खोला र बदहरी खोलाको बीच जंगलमा एउटा मोबाइल भेट्टाइन्। त्यही मोबाइलमा हराएको व्यक्तिको आफन्तसँग सम्पर्क हुन पुग्यो। भट्टराईका आफन्तले प्रहरी चौकी लालगढमा यसबारे जानकारी गराएपछि प्रहरीले मोबाइल फेला परेको स्थानको वरपर खोजतलास गर्दा मोबाइल भेटिएको स्थानभन्दा ५ सय मिटर तल धनुषा जिल्ला गोदार–९ स्थित भालुखोला सिमानामा सडी गलिसकेको भट्टराईको कंकाल लास फेला परेको हो।
उक्त कंकाल घनश्याम भट्टराई कै रहेको उनका आफन्तले सनाखत गरेका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.