सेवाग्राहीलाई दुःख दिनेलाई छाडिन्नः अख्तियार प्रमुख लोकमान


२७ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले मालपोत कार्यालयमा रकम नलिई काम नहुने गरेको गुनासो आएको भन्दै सेवाग्राहीलाई दुःख दिनेहरुलाई नछाडिने बताउनु भएको छ । भूमिसुधार मन्त्रालय र मातहतका विभाग, उपत्यकाका मालपोत, नापी र गुठी संस्थानका प्रमुखहरुसँग भएको छलफलमा कार्कीले गलत मनसाय राख्ने, समयमा निर्णय नगर्ने र सेवाग्राहीलाई परिर्वतनको अनुभूति दिलाउन नसक्नेललाई कारवाही गर्ने बताउनु भयो । आयोगका प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ-’असल नियतले काम गर्नेले डराउनु पर्दैन र जसले गलत मनसाय लिई काम गर्छ, समयमा निर्णय निरुपण गर्न सक्दैन र सुधारहरु नगरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन सक्दैन त्यस उपर आयोगले कारवाही गर्ने कुरामा प्रमुख आयुक्तले ध्यानाकर्षण गराउनु भयो ।’ रकम नलिई काम नहुने, समयमा निर्णय नगर्ने र गलत मनसायले निर्णय गर्ने प्रवृत्ति बढेको जस्ता गुनासो आइरहेको भन्दै अख्तियारका प्रमुख आयुक्त कार्कीले सुधारको कदम चाल्न र जनताले पाउने सुविधामा सकारात्मक परिर्वतन ल्याउन निर्देशन दिनु भएको छ । कार्यलय प्मुखको आदेश मातहतका कर्मचारीले नटर्नु प्रमुखकै कमजोरी भएकेा भन्दै उहाँले कार्यलय प्रमुखलाई निगरानीमा राख्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो-’कार्यालय प्रमुखहरुको आदेश मातहत कर्मचारीहरुले टेर्दैनन् र काम गराउन सकिएको छैन भन्ने कुरा त्यो कार्यालय प्रमुखको कमजोरी हो, यसमा कार्यालय प्रमुख उपर विभागले निगरानी राख्ने र विभागको निगरानी मन्त्रालयले राख्नु पर्दछ, माथिल्लो पदाधिकारीले जिम्मेवारी लिनु पर्दछ र कारवाही गर्ने भनेको पनि उसै उपर हो ।’ छलफलमा आयुक्त केशव बरालले मालपोल कार्यालयमा अतिरिक्त खर्चर् नगर्ने काम सम्पन्न हुनु पर्ने र अभिलेख राखी खोजेको मिसिल तुरुन्त पाउन सकिने व्यवस्थ ागर्न निर्देशन दिनु भएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.