साझा बसले यात्रुलाई ढाँट्यो
१६ जेठ, काठमाडौं । १२ वर्षमा खोलो नफर्के पनि राजधानीमा साझा बसचाहिँ फर्केको देख्न पाउँदा धेरैजना दंग परे । नयाँ वर्षसँगै डेढ महिना अघिदेखि राजधानीमा नयाँ व्यवस्थापन र फरक पहिचानसहित शुरु भएको साझा बसले धेरैमा उत्साह पनि थपिदियो । सस्तो, सुलभ, भरपर्दो एवं समयवद्ध ढंगले बस सेवा शुरु भएकाले साझालाई धेरैले मनपराउनु स्वभाविकै हो । तर, यात्रुको मन जित्न सफल साझाले बस सञ्चालनको समयलाई भने पहिलेको प्रतिवद्धताअनुसार मिलाउन सकेको छैन ।
निकै तामझामसहित शुरु गर्दा साझा यातायातका सञ्चालकहरुले भनेका थिए-काठमाडौंका दुई रुटमा १६ वटा बस बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछन् । बिहान सबेरदेखि राति अबेरसम्मै साझा बस चल्ने खबरले यात्रु खुशी भएका थिए । किनकि काठमाडौंमा चल्ने रात्री बसबाहेक अरु सार्वजनिक गाडी सामान्यतया बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र सञ्चालन हुन्छन् । साँझ पर्नेबित्तिकै सार्वजनिक गाडी नपाइने हुँदा धेरै यात्रु मर्कामा पर्ने गरेका छन् । रातिसम्म साझा बस चल्ने खबरले खुशी भएका यात्रु अहिले निराश छन् । कारण हो, साँझ नपर्दै साझ बस ग्यारेजतिर लाग्छन् । ‘राति १० बजेसम्म साझा बस पाइन्छ भनेर कुरेर बसेको, तर ग्यारेजमा जाने बेला भयो भनेर रोकेन’ बुधबार बेलुकी ८ बजे लगनखेलमा बस पर्खिरहेका एकजना यात्रुले भने ।

यात्रुलाई थाहै नपाई समय निर्धारण
चालक र सहचालकको समय तालिका मिलाउन नसकेकाले पहिले भनेजस्तो बिहान ५ बजेदेखि राति १० बजेसम्म बस सञ्चालन गर्न नसकिएको साझा यातायातले जनाएको छ । ‘हामीले तत्काल यो समयमा बस सञ्चालन गर्न सकेका छैनौं’ साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले अनलाइनखबरसित भन्नुभयो-’यात्रुको सल्लाह र सुझाव अनुसार समय मिलाउन तयार छौं ।’ तत्कालका लागि भने बस सञ्चालन हुने समय यस्तो रहेको साझाले जनाएको छ :
तर यो समय तालिका धेरै यात्रुलाई थाहा नै छैन । काठमाडौंमा सञ्चालन भएको रात्रीबस बन्द हुने अवस्थामा पुगेको र अरु सार्वजनिक गाडी रातिको समयमा नचल्दा साझा बसबाट यात्रुले गरेको अपेक्षा तत्काल पूरा भएको छैन । पहिले भने अनुसार बिहान सबेरदेखि राति अबेरसम्म बस नचल्दा यात्रु महंगो भाडा तिरेर ट्याक्सीमा चढ्न बाध्य भएका छन् । ‘हामी महानगरपालिकासित पनि छलफल गछौर्ं, साँच्चै रात्रीबस बन्द भयो भने साझा बसलाई अबेरसम्म चलाउन सकिन्छ’ महर्जनले भन्नुभयो ।साझाका १६ वटा बसमध्ये ८ वटा लगनखेल-जावलाखेल-कुपन्डोल-त्रिपुरेश्वर-जमल-लैनचौर-पानीपोखरी-शिक्षण अस्पताल-नारायणगोपालचोक-बसन्धुराचोक-सामाखुशी हुँदै गोंगबु बसपार्क भै त्यही रुट बस फिर्ता हुन्छन् । यस्तै अरु आठवटा कलंकी-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-सिनामंगल-एयरपोर्ट भै त्यही रुट भै र्फकने व्यवस्था मिलाइएको छ ।
0 comments
Write Down Your Responses