लोकाहा खोलाको डाइभर्सन भत्किएपछि फेरि यातायात अवरुद्ध

१३ जेठ, काठमाण्डौं । पुर्वपश्चिम राजमार्गको कावासोती नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने लोकाहा खोलाको डाइभर्सन गएराति आएको बाढीले भत्काएपछि फेरि यातायात सेवा अवरुद्ध भएको छ । शनिवार बेलुका बाढीले डाइभर्सन बढाउँदा करिव १० घण्टा सडक अवरुद्ध भएर आइतबार १ वजेबाट मात्र सडक एक तर्फी रुपमा सडक सञ्चालनमा आएको थियो । एकतर्फी रुपमा सञ्चालनमा रहेको सडकलाई पनि गएराति आएको बाढीले बगाएपछि फेरि यातायात सेवा अवरुद्ध भएको हो । अहिले सयौ सवारीका साधनहरु प्रगतिनगर र कावासोती जंगल क्षेत्रमा रोकिएका छन् । खोलामा पानीको बहाव कम भए पछि फेरी डाइभर्सन निर्माण गरिने प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.