रुकुम घटना नदोहोर्याउन एमाओवादीलाई काँग्रेसको चेतावनी
१३ जेठ, काठमाण्डौ । नेपाली काँग्रेसले रुकुममा घटना नदोहोर्याउन एकीकृत माओवादीलाई चेतावनी दिएको छ । पार्टीको कार्यक्रममा सहभागी काग्रेस केन्द्रीय सदस्य गगन थापा सहभागी आमसभामा ढुंगामुढा गरी कार्यक्रम विधोलेको भन्दै काँग्रेसले एकीकृत माओवादीलाई त्यस्तो क्रियाकलाप नदोहोर्याउन चेतावनी दिएको हो । ’शान्तिपूर्ण रुपमा संचालन भैरहेको आमसभामा एमाओवादी पार्टीका कार्यकर्ताहरुबाट भएको यस प्रकारको उद्दण्ड, उच्छृखंल र हिंसात्मक गतिविधि र अपहरण जस्तो जघन्य अपराधको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ, विज्ञप्तिमा भनिएको छ ।’ काँग्रेसले सोमवार एक विज्ञप्ति निकालेर थापा सहभागी आमसभामा एमाओवादीका कार्यकर्ताहरुले सुनियोजित रुपमा आक्रमण गरेको भन्दै आपत्ति जनाएको हो । एमाओवादीका पूर्व लडाकूहरुसहित केही कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने क्रममा आइतवार एमाओवादीका कार्यकर्ताहरुले ढुंगामुढा गरी कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । माओवादी कार्यकर्ताहरुले हानेको ढुंगा लागेर काँग्रेसका केही काग्रेस कार्यकर्ताहरु घाइते भएका थिए ।एमाओवादीका कार्यकर्ताहरुले कार्यक्रम सकेर र्फकन लागेका नेता थापा चढेको गाडीमाथि समेत ढुंगा प्रहार गरेका थिए ।
|
0 comments
Write Down Your Responses