लोकमानविरुद्ध विद्यार्थी सडकमा


काठमाडौं - अख्तियार दुरपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंहलाई संवैधानिक परिषदले सिफारिस गरेको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज बिहान सडक अवरुद्ध पारेका छन्।

उपत्यकाका सबै क्याम्पस अगाडि टायर बालेर उनीहरुले सडक अवरुद्ध पारेका हुन्। युनियनले संवैधानिक परिषद्को सिफारिस नसच्याएसम्म विरोधका कार्यक्रमहरु जारी रहने जनाएको छ।
हिजो बसेको संवैधानिक परिषदको बैठकले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको थियो। कार्की शाही शासनको समयमा मुख्य सचिव थिए। उनीमाथि जनआन्दोलन दवाउन भूमिका खेलेको आरोप थियो। रायमाझी आयोगले उनलाई दोषीसमेत ठहर गरेको थियो।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.