चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)

तीन वर्षका मलान र उनकी एक वर्षकी बहिनी क्यालाको दिनचर्या दुइवटा डमरुसँग रमाउँदै खेल्नु हो । हामीकहाँ पाइने चितुवा जस्तै देखिने जंगली जनावर चिताहाका दुई डमरु वाकु र स्क्याला पनि यी दाजुबहिनी जस्तै गरी उनीहरुको घरमा पालिएका छन् र हुर्किरहेका छन् । दक्षिण अफि्रकाका यी दुइ भाग्यमानी तथा साहसी बालबालिकाहरु चिताहालाई सुम्सुम्याउँछन्, अँगालो मार्छन्, अनि सँगै खेल्छन् ।
c1
किम र हेइन चोएमानले आफ्ना छोराछोरीलाई डमरुसँग निकै घुलमिल हुने मौका दिएका छन् र ती डमरुले छोराछोरीमाथि आक्रमण नगरुन् भनेर तालिम दिने गरेका छन् । एक वन्यजन्तु पार्क तथा लज संचालन गर्दै आएका हेइनको पार्कमा रहेको चिताहाले गएको वर्ष ४ वटा डमरु एकैचोटी पाएपछि चिताहाले चारवटा बच्चा हुर्काउन सक्दैन कि भनेर दुइवटालाई हेइन दम्पतिले घरमा ल्याएर पालेका थिए । ती दुइ चिताहाका बच्चालाई पनि उनीहरुले आफ्नै बच्चालाई जस्तो माया गर्छन् ।
c2
c3
c4
c5

0 comments

Write Down Your Responses

Powered by Blogger.