समाचार,
समाज
»
राजधानीमा एककिलो यार्सागुम्बा लुटपाट
राजधानीमा एककिलो यार्सागुम्बा लुटपाट

काठमाडौंमा अज्ञात समूहले करीव एककिलो यार्सागुम्बा लुटेर फरार भएको छ । लैनचौर ढल्कुचोकमा अल्फाबेट नखुलेको १६७४ नम्बरको रातो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले शनिबार बेलुका यार्सागुम्बा लुटेको प्रहरीले जनाएको छ । पैदलयात्रा गरिरहेका काठमाडौ स्वयम्भु बस्ने सोनाम तेन्जिङ र बिनोद तेन्जिङले यार्सागुम्बा झोलामा बोकेर गन्तब्य तर्फ जाँदै थिए । यासागुम्बा लुटेर भाग्ने सो समूहको खोजतलास जारी रहेको प्रहरी भनाई छ । लुटिएको यार्सागुम्बाको बजार मूल्य झण्डै १७ लाख रहेको प्रहरीको अनुमान छ ।
0 comments
Write Down Your Responses