युवती मृत फेला

पाल्पा - बौघापोखराथोक गाविस–७ की २० वर्षीया अनु परियार भीरमा मृत भेटिएकी छिन्। घर नजिकैको कुहिरे भीरमा करिव ४ सय मिटर तल खसेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए। आइतबार बिहान ७ बजे घरबाट हिँडेकी अनु घर नफर्केपछि खोज्दै जाँदा दिउँसो दुई बजे भीरमा मृत भेटिएकी उनका छिमेकी दिपक परियारले बताए। 'भीरको टाकुरामा अनुले ओढेको पच्छ्यौरा फेलापारेपछि तल हेर्दा लास देखियो,’ परियारले भने। ८ महिना पहिले बिहे गरेकी अनुका पति रोजगारीका लागि विदेशमा छन्।

प्रहरी निरीक्षक कृष्ण सापकोटाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको बताए। 'छानविनका लागि टोली खटाएका छौं,’ उनले भने, 'आत्महत्या हो वा हत्या गरिएको हो यकिन भैसकेको छैन।’

यसैबीच पाल्पा ज्यामिरे सिमलडाँडाका ४५ वर्षीय जसबीर आलेको खोलाले बगाएर मृत्यु भएको छ। 
आइतबार बिहान घर नजिकैको खोलामा बगेर बेपत्ता भएका आलेको शव बेलुकापख खोला किनारमा मृत भेटिएको प्रहरी निरीक्षक राजकुमार खिउँजुले जानकारी दिए। शव ताहुँ अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको खिउँजुले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.