राजधानीको प्रदूषणले थलिए उच्च अधिकारीहरु


३० वैशाख, काठमाण्डौं । काठमाण्डौं उपत्यकामा वायु प्रदूषण अहिलेसम्मकै सबैभन्दा खराब हुँदासमेत राज्य जिम्मेवार निकाय मौन छन् । प्रदूषणविरुद्ध नीति निर्माण तथा कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी बोकेका उच्च प्रशासक नै यतिबेला प्रदूषणका कारण बिरामी भएर थलिएका छन् । तर, प्रदूषण घटाउने विषयमा उनीहरु निष्त्रिmय देखिन्छन् । घुलो धुँवाका कारण आइतबार आठजना उच्च सरकारी अधिकारी बिरामी भएको भेटिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । बिरामी सबै सरकारी अधिकारी नागरिक तथा वातावरण संरक्षणसँग सरोकार राख्ने निकायका प्रमुख हुन् । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्टराई, धुलोधुँवाकै कारण अस्वस्थ भेटिए । करिब तीन साता विदेश भ्रमण गरेर काठमाण्डौं फर्किएका भट्टराई घाँटी दुख्ने समस्याबाट पिरोलिएका छन् । ‘काठमाण्डौं झर्ने बित्तिकै प्रदूषणले नाक र घाँटी समात्यो,’ उनले भने । गृहसचिव नवीन घिमिरे पनि वायु प्रदूषणबाट पीडित छन् । ‘टाउको दुख्ने, घाँटी चिलाउने र आँखा रातो हुने समस्याले सताएको छ,’ उनले भने । त्यस्ते योजना आयोगका सचिव युवराज भुसाल पनि घाँटी दुख्ने समस्या समाधान गर्न केही दिनदेखि औषधिको प्रयोग गरिरहेका छन् । उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली पनि धुलोबाट भएको एलर्जीका कारण औषधिको प्रयोग गरिरहेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.