अशोक राईको पार्टी एमाओबादीसंग एकीकरण हुने सम्भावना !

१४ जेठ, काठमाडौ। आगामी निर्वाचनमा पहिचान सहितको संघीयता पक्षधर शक्तिको बहुमत ल्याउन भन्दै एकीकृत माओवादी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ । एकता प्रयासका लागि विभिन्न चरणमा भएका छलफल सकारात्मक रहेको स्रोतको भनाइ छ । 

माओवादी अध्यक्ष प्रचण्डले अशोक राइलाइ उपाध्यक्ष दिएर पार्टीमा भीत्राउने तयारी गरिरहेका उच्च राजनीतिक स्रोतले जनायो । राइलाइ नारायणकाजी श्रेष्ठ पछिको उपाध्यक्ष दिने बिषयमा दुइमत नरहेपनि अन्य नेताहरुलाइ दिने पदवारे टुगो लाग्न सकेको छैन । 

अशोक राइले संघीय समाजवादी पार्टी गठन नगर्दैपनि राइलाइ सिधै उपाध्यक्ष दिएर भीत्राउने तयारी भएको थियो । पार्टी गठन भएको लामो समय वितिसक्दा समेत औचित्य पुष्टि गर्न नसकेपछि राइ पनि माओवादीमा जान लालायित देखिएका थिए । 

एमाले छाडने समयमा जनजातीको उभार आएपनि जनजाती आन्दोलनको बौद्धिक बर्ग चैतन्य शुब्बाको पार्टीमा लागेपछि राइ थकित भएका छन । जिल्ला दौडाहाको क्रममा एमाले र कागे्रसका कार्यकर्ताले साथ नदिएपछि राइले नयाँ पार्टी स्थापना गर्नु चुनौती रहेको बताउन थालेका छन । 

एकल जातीय पहिचानमा आधारित संघीयतामा जान नहुने उत्तरी छिमेकी राष्ट चिनको सुझावपछि अशोक राइको पार्टीको बैचारिक धरातल समाप्त भएको छ । 

आयोगमा दर्ताः पद बार्गेनिङ ? 

एकीकृत माओवादीसंग एकताको लागि कुरा चलिरहेपनि अशोक राइको पार्टीले सोमवार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । संविधानसभा पुनस्थापनाको माग गर्दै हिडेको पार्टीले दलदर्ता गर्नुलाइ माओवादी भित्र पदको बार्गेनिङको रुपमा चित्रण गरिएको छ । 

आयोगमा दर्ता भएपनि एकीकरण प्रयास जारी रहने समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले बताएका छन । राइले आफ्नो पार्टीका सबै केन्द्रीय समिति मर्ज गर्नुपर्ने सर्त राखेका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.