नारायण गोपालको गीत गाउन थाले एमाले नेता
८ जेठ, काठमाडौं । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्ष झलनाथ खनाललाई मिखाइल गोर्भाचोभको संज्ञा दिँदै कहिले फागुन आउला र उहाँलाई हटाउन पाइएला भन्ने प्रतिक्रिया दिनुभएको छ ।
खनालनिकट मानिएकी पोलिटब्यूरो सदस्य
उर्मिला अर्यालले पार्टी परित्याग गर्दा पनि खनाललाई कुनै वास्ता नभएको र
उल्टै जस्केलाबाट मान्छे खेद्ने अभियानमा खनालपक्ष लागेको नेपालको आरोप छ ।
‘इतिहासले हाम्रा अध्यक्षलाई एक दिन मिखाइल गोर्भाचोभको मातहतमा राख्नेछ
।’ नेपालले भन्नुभएको छ-’यति तीतो पोख्न मन थिएन यो अवकाश लिने उमेरमा । आज
बिहान मनै भरङ्ग पार्ने गरी आएको समाचारले हतास र उदास बनाएको छ ।’

साहित्कारसमेत रहनुभएका नेता नेपालले
आफूलाई अकस्मात दिमागमा नारायण गोपालको गीत उदाएको बताउँदै फेसबुकमा
लेख्नुभयो-’एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा !’
नेता नेपालले फेसबुकमा यस्तो स्टाटस
लेखेपछि एमालेवृत्तमा हल्लीखल्ली मच्चियो । ‘साथीहरुले गुनासो गर्नुभएपछि
मैले यो स्टाटस हटाइदिएँ ।’- नेता नेपालले अनलाइनखबरसँग
भन्नुभयो-’नेताहरुले पार्टीमा आदिवासी जनजातिको आवाज र भावनालाई सम्मान
गर्न सक्नुभएन ।’
अहिल्यैबाट खनाललाई हटाउने खेल शुरु
यसैवीच बुटवल महाधिवेशनको कार्यकाल समाप्त
हुन ९ महिना बाँकी नै रहँदा अध्यक्ष खनाललाई अध्यक्षबाट हटाउन एमालेमा खेल
शुरु भएको छ । ०६५ फागुनको पहिलो साता बुटवलमा आयोजित महाधिवेशनबाट
अध्यक्षमा निर्वाचित हुनुभएका खनालको ५ वर्षे कार्यकाल आगामी माघ महिनाको
अन्तिमसम्म बाँकी छ । तर, खनालले पार्टीलाई नेतृत्व दिन नसकेको र भड्खालोमा
हालेको भन्दै ओली र माधव नेपाल पक्षले महाधिवेशनको माग गर्न थालेको छ ।
आगामी कात्तिक वा मंसिरमा चुनाव हुने
अवस्था आयो भने खनालकै नेतृत्वमा चुनावमा जित्न नसकिने भन्दै ओली पक्षले
चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग अगाडि सार्न थालेको छ । महाधिवेशनबाट
नेतृत्व परिवर्तन गरेरमात्रै चुनावमा जाने तयारी अनुरुप एमालेले चुनाव
मंसिरबाट चैत्रमा सार्न खोजेको स्रोतले अनलाइनखबरलाई बतायो । भावी
महाधिवेशनमा केपी ओली पार्टी अध्यक्ष बन्ने लगभग पक्कापक्की छ ।
खनालको नेतृत्वमा एमाले कमजोर
पछिल्ला दिनमा एमाले अध्यक्ष भलनाथ खनालले
पार्टीलाई गति दिन सक्नुभएको छैन । अध्यक्ष भएलगत्तै उहाँले रुक्माङ्गद
कट्वाल प्रकरणमा प्रचण्डलाई धोका दिएपछि वाम गठबन्धनको सरकार ढलेको थियो ।
त्यसपछि एमाले नेता माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई खनाल आफैंले
ढालेको र माओवादीको भोट लिएर आफैं सरकारमा गएको आरोप माधव नेपाल र
ओलीपक्षले लगाउँदै आएको छ ।
एमाले अध्यक्ष खनालले शान्ति र संविधान
निर्माणको प्रक्रियालाई अगाडि बढाउन नसकेपछि उहाँको ठाउँमा बाबुराम
भट्टराईको नेतृत्वमा सरकार गठन भयो । त्यसपछि उहाँले आन्दोलनबाटै सरकार
ढाल्ने बताए पनि वीचैमा आन्दोलन छाडेर प्रधानन्यायाधीशलाई सरकार प्रमुख
बनाउने एमाओवादी प्रस्तावलाई पार्टीमा अर्को विरोध हुँदाहुँदै समर्थन
गर्नुभयो । त्यसपछि लोकमानसिंह कार्कीलाई अख्तियरा प्रमुख बनाउने निर्णयमा
पनि खनालले दोहोरो भूमिका खेलेर पार्टीलाई बदनाम गराएको आरोप एमालेभित्रको
अर्को पक्षले लगाउँदै आएको छ ।
|
0 comments
Write Down Your Responses