"हावैहावामा गरिने सेक्सुअल रिलेसन राम्रो हैन"- प्रियंका

प्रियंका कार्कीको पहिलो परिचय हो मिस टिन नेपाल २००५ । मिस टिन नेपाल २००५ कि विजेता प्रियंका अहिले हेरोईनको रुपमा पनि परिचित छिन् । झन्डै एक बर्ष अघि एक अमेरिकामा नेपाली भुटानी शरणार्थीहरुले बनाएको फिल्ममा अनुबन्धित भएकी मिस टिन तथा मोडल प्रियंका प्रसन्न पौडेलको ‘मेरो बेस्ट फ्रेन्ड’ बाट हिरोइनका रुपमा डेब्यु गरेकी हुन् ।
अमेरिकी टेलिफिल्ममा बढिरहेको प्रियंकाको क्रेज र हलिउड सिनेमामा सुरु गर्न लागेको करियर देखेर प्रियंकालाई निर्देशक प्रसन्न पौडेलले नेपाली फिल्मबाट उनलाई हिरोइनमा डेव्यू गराएका हुन् । त्यसपछि उनले थ्री लभर्समा अभिनय गरिन् । उक्त फिल्म पनि रिलिजको संघारमा छ । अहिले धुवाँ फिल्मको सुटिङमा व्यस्त यिनै प्रियंकासंग फिल्मीखबरकर्मी संजय सौगातले गरेको रमाइलो कुराकानी ।



अरु कसैको कि होलबाट चियाएर हेर्नुभएको छ ? 
एकपटक चिहाएको छु तर आफ्नै कोठामा रुम मेटले म बाहिरबाट आएको समयमा केही वेर ढोका नखोलेपछि चिहाएर हेरेको हुँ ।
बाथरूम जाँदा तपाई के सोच्नुहुन्छ ?  
बाथरूम जाँदा त मोवाईलमा गीत बजाएर इअर फोन कानमा लगाउछु । बस त्यति ।
आफ्नो अगाडि आइरहेको युवकको सबैभन्दा पहिले कुन अंगमा ध्यान केन्द्रित हुन्छ ?  
आँखामा किनकी मानिसको सबै कुरा आँखाबाट थाहा हुन्छ ।
तपाइलाई कस्तो प्रकारको खाना बनाउन आउँछ ?   
परेको वेला म सबै खाना तयार गर्न सक्छु ।
तपाईको बिचारमा अबको नयाँ प्रधानमन्त्री बनाउन को लायक छ ?  
राजनीतीमा नभएको व्यक्ति किनकी अहिले राजनीतीमा भएका व्यक्तिहरु सबै असक्षम छन् ।
तपाईलाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेर तपाई प्रधानमन्त्री भए पहिले के गर्नुहुन्थ्यो ?  
यदी म प्रधानमन्त्री भए भने त सबैभन्दा पहिले अन्य मन्त्री सबैलाई बर्खास्त वा राजीनामा गर्न लगाएर युवाहरुलाई नियुत्त गर्ने थिए ।
सेक्सको परिभाषा ?  
माया पछि उत्पन्न हुनुपर्ने प्रतिक्रिया  ।
बिहे अघिको सेक्स कति ठिक हो ?  
मानिसको दृष्टिकोणमा फरक पर्छ । तर यदी कोही एकदमै माया गर्छ र पछि बिहे गर्नको लागि सीरीयस भएर त्यस्तो रिलेसन राखिन्छ भने मेरो बिचारमा त्यो राम्रो हो तर हावैहावामा गरिने सेक्सुअल रिलेसन राम्रो हैन । त्यसले पछि धोका हुन सक्छ ।
बिहे अघि तपाइले सेक्सको अनुभव गर्नु भो की नाई ? 
नाई मैले गरिन ।
आफ्नो अनुहार कस्तो लाग्छ ?  
ठिकै सुहाउदो छ जस्तो लाग्छ ।
तपाईलाई यो दुनियामा सबैभन्दा सेक्सी को लाग्छ ? 
मेरो आफ्नै भाई प्रमित कार्की जो अहिले अमेरिकामा छ ।
मानि लिउँ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबैजना एकैपटक जोडले कराएर भने के गर्नुहुन्छ  ?  
हतार हतारमा निस्किएर भाग्थे नि  ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.