जोगबुढा नदीमाथिको झोलुङ्गेपुल चुँडिने खतरा बढ्यो


कञ्चनपुर- कञ्चनपुरको दोधारा गाविसको जोगबुढा नदीमा रहेको झोलुङ्गेपुल मर्मत नगरिँदा चुँडिने खतरा बढेको छ। पाँच वषैअघि निर्माण गरिएको पुलका टिनका पाताहरुमा खिया लागेर ठाउँठाउँमा टुट्न थालेका छन्। पुल निर्माण भएको एक वर्ष नबित्दै पुल ठड्याउन निर्माण गरिएको बुर्जासमेत नदीमा धसको भए पनि मर्मतका लागि कुनै निकायले चासो नदिएको स्थानीय बासिन्दाले बताए। दोधारा गाविसका सचिव शेरबहादुर बुढाले पुलका टुटेका दुईवटा पाता मर्मत गरेको तथा धसेका बुर्जाको सामान्य मर्मतको कार्य गरे पनि गाविसको बजेटले नधान्ने भएकाले पूरै मर्मतको कार्य गर्न नसकेको बताउनुभयो। “पूरै पुलको मर्मत कार्य नहुँदा पुल नै चुँडिने खतरा बढेको छ,' उनले भने, 'पुलका अधिकांश भागका नटबोल्टसमेत खसेका छन्।' 'पुलको मर्मतका लागि जिल्ला विकास समितिलाई पटकपटक जानकारी गराए पनि पुल मर्मत हुन सकेको छैन,' उनले भने। धाराको बाबाथान र कञ्जभोजका सर्वसाधारणलाई आवतजावत गर्न पुल निर्माण गरिएको थियो। सो पुलबाट दैनिक पाँच सयभन्दा बढी व्यक्ति ओहर–दोहर गर्ने गरेका छन्। स्थानीय बासिन्दाको भारतबाट समान किनमेल गरेर आउने मुख्य बाटोका रुपमा सोही पुल छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.