मूलपानीमा बर्डफ्लु

काठमाडौ – काठमाडौको मूलपानीस्थित अमर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण फेला परेको छ। नमूना परिक्षणको क्रममा बर्डफ्लु संक्रमणको पुष्टी भएपछि फाराममा रहेका १ हजार ४ सय भन्दा बढी कुखुरा नष्ट गरिएको जिल्ला पशुसेवा कार्यलय काठमाडौका प्रमूख बोलराज आचार्यले बताए।
कुखुरा नष्ट गर्न आएका टोलीलाई कुखुरा धनी अमरले रोगको रिपार्ट मागेपछि केही समय अवरोध भएको थियो। 'उहाँहरुले मार्न आउनु भयो तर रोग लागे–नलागको परिक्षण रिपोर्ट देखाउनु भएन', उनले भने, 'यसले हामीलाई दुखी बनाएको छ।' उनले रोग लागेको टहराको कुखुरा आफैले नष्ट गरेको तर सरकारी अधिकारीले अर्को टहराको कुखुरा मारेको आरोप लगाए। उनले टहरामा १६ सयको हाराहारीमा कुखुरा रहेको दावी गरे।

जिल्ला पशुसेवा कार्यलयका प्रमूख आचार्यले आफुहरुले कार्यलयको आधिकारीक चिट्ठी लिएर आएको र कुखुरा नष्ट गर्नको लागि त्यो पर्याप्त हुने बताए।

कुखुरा धनी दुखी
युनाइटेड अरब इमिरेट्समा एक दशक काम गरेर अढाइ बर्षअघि नेपाल फर्केका कार्कीले कुखुरा पालनमा भविष्य देखेर यतै रोकिए। अरबको भन्दा कुखुरको आम्दानी राम्रो लाग्यो उनलाई। त्यसैले अरवमै रहेका आफ्ना दुई भाइलाई पनि यतै बोलाए र तिनै भाई कुखुरा पालनमा रमाए। तर सोमबारको घटनाले भने उनीहरु निक्कै दुखी छन्। भर्खरै फूल पार्न थालेका डेढ हजार कुखुरालाई बर्डफ्लु लागेको भन्दै पशु कार्यलयका अधिकारीले आफ्नै अगाडी भाटाले हिर्काउर धमाधम मार्न थालेपनि उनीहरुको सपना टुटेको छ।

'कुखुराका कारण विदेशिएका हामीले स्वदेशमै काम गर्ने अवसर पाएका थियौ,' अमरले भने, 'यीनै कुखुराका कारण अहिले हामी फेरि विदेशिने अवस्थामा पुगेका छौ।' एउटा कुखुरालाई फूलपार्ने अवधीसम्ममा लागि ५सय देखी ६ सय सम्म लगानी लाग्ने गरेको उनले सुनाए। 'अहिले सरकारले प्रतिगोटा १ सय ३० रुपैया दिने क्षतिपूर्तिले निक्कै कम भयो,' उनले भने, 'राहत केही बढी भइदिए, हामी पुन व्यवसाय संचालन गर्ने अवस्थामा रहन्थ्यौ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.