सुनको मुल्य फेरी १२०० ले घट्यो !

२ जेठ, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य ५० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ४९ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । बुधबार छापावाला सुन तोलाको ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ३ सय रुपैयाँ घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १ सय रुपैयाँ बढेर ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २६ रुपैयाँ घटेको छ । बजारमा चाँदी तोलाको ८ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदीको मूल्य मूल्य १० रुपैयाँ घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.