′निर्वाचनपछि एमाले पहिलो शक्ति हुने निश्चित
काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आसन्न संविधान सभा निर्वाचनपछि आफ्नो पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।बीसौं मदन आश्रित दिवसका अवसरमा पार्टी मुख्याल बल्खुमा
आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वँचनबाट एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् । अघिल्लो निर्वाचनमा एमाओवादीले जितेकै कारण संविधान बन्न नसकेको आरोप लगाउँदै खनालले संविधान निर्माणका लागि पनि एमाले विजय हुनै पर्ने उल्लेख गरे । उनले निर्वाचनका लागि पार्टी नेता तथा कार्यकर्तालाई तयार हुन निर्देशन दिए । नेपालको कम्युनिष्ट आन्दोलनमा स्व. भण्डारी र आश्रितको ठूलो योगदान रहेको उल्लेख गर्दै खनालले यी दुई नेताकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको बताए । उनले जनताको बहुदलीय जनबादलाई कार्यान्वयन गर्दै पार्टी अगाडि बढ्ने धारणा राखे ।


0 comments
Write Down Your Responses