breaking news---- महाराजगञ्जमा ढिस्को खसेर पाँच जना पुरिए
१७ जेठ, काठमाण्डौं । काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पछाडि ढिस्को खसेर पाँच जना पुरिएका छन् । खाडीपाखास्थित सुकुम्बासीमा बेलुकादेखि लगातार परेको पानीले ढिस्को खस्दा पाँच जना पुरिएको र उनीहरु मध्ये ४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । एक जना बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
0 comments
Write Down Your Responses