IPL मा कोलकाताले राजस्थानलाई हरायो

बैशाख २१ – आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

१ सय ३३ रनको लक्ष्य कोलकाताले १७ दशमलव २ ओभरमा भेट्टायो ।
कोलकाताको जितमा युसुफ पठानले नटआउट ४९, ज्याक्स कालिसले नटआउट ३३, मनविन्दर बिस्लाले २९ र गौतम गाम्भीरले १२ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर सय ३२ रन बनाएको थियो ।
राजस्थानका सन्जु सामसनले ४० र शेन वाट्सनले ३५ रन जोडे । कोलकाताका सचित्र सेनानायकेले २ विकेट लिए । जितपछि कोलकाता ११ खेलबाट ८ अंक सहित सातौं स्थानमा र राजस्थान १० खेलबाट १२  अंक सहित चौथो  स्थानमा कायम छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.