जसले धम्की दिए पनि चुनाव हुन्छः वामदेव

४ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जसले जति धम्की दिएपनि आगामी मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने दावी गर्नु भएको छ ।
bamdev-gautamमंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गौतमले भन्नुभयो-जति धम्की दिए पनि निर्वाचन हुन्छ । निर्वाचनको विरोधमा जानेले जनतासँग भिड्नुपर्छ । जनता उठ्दा बादशाह त हारेका छन ।’
राष्ट्रको अस्तित्व नै संकटमा परेको बेला निर्वाचनको विरोध गर्नु राष्ट्रियता विरोधी काम भएको भन्दै उहाँले निर्वाचनमा अवरोध गरे सरकारले त्यसलाई दृढतापूर्वक प्रतिवाद गरेर हटाउने चेतावनी दिनुभयो । निर्वाचन जनताको अधिकार प्रयोग गर्ने एकमात्र थलो भएकोले त्यसलाईर् दलहरुले सम्मान गर्नु पर्ने भन्दै उहाँले निर्वाचनमा भाग लिन्न भन्ने दलको मुलुकमा कुनै अर्थ नहुने बताउनु भयो ।
एमाले उपाध्यक्ष गौतमले नेकपा-माओवादीलगायतका असन्तुष्ट दलहरुहरुले अघि सारेको माग पुरै हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’निर्वाचनमा भाग लिन्न भन्न पाईन्छ । विरोध गर्न पाईन्छ । ठूलो पार्टीले भाग लिन्न भने पनि त्यसको अर्थ छैन । बैद्य, यादव कोही नआए पनि चुनाव हुन्छ । भाग नलिने आफै जवाफदेहि हुन्छन ।’
source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.