किशोरी बलत्कृत, अभियुक्त फरार

सिरहा — सिरहाको चिकना गाविस– ३ मा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन्। भैंसी चराउन गएको बेला सोही गाउँ वडा नम्वर–७ का १९ वर्षीय सुरेश यादवले दलित सुमदायकी किशोरीलाई बलात्कार गरेको थिए। बलत्कृत किशोरीले जिल्ला प्रहरी कार्यालय सिरहामा यादवको नाममा किटानी जाहेरी दिएको डिएसपी रमेश तामाङले बताए। प्रहरीमा जाहेरी परे पनि बलात्कारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 'फरार अभियुत्कको खोजी भैरहेको छ', डिएसपी तामाङले भने। सोमवार साँझ भएको घटना जानकारी पछि प्रहरीले जिल्ला अस्पताल सिरहामा पीडितलाई स्वास्थ्य परिक्षण गराई जाहेरी दर्ता गरेको थियो। स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.