रामचन्द्र झाले छाडेपछि एमालेमा फर्कें – गोइत, देशभरिबाट दशौं हजार एमालेमा प्रवेश
२८ जेठ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका सहमहामन्त्री रतनेश्वर गोइत यादव एमालेमा प्रवेश गर्नुभएको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष झलनाथ खनालका हातबाट अबीर लगाएर गोइत एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी गोइत एक वर्ष अघिसम्म नेकपा एमालेमै हुनुहुन्थ्यो । गत संविधानसभाको चुनावमा उहाँ धनुषा क्षेत्र नं १ मा एमालेका तर्फबाट सभासदको उमेद्वार समेत बन्नुभएको थियो । कांग्रेसका रामकृष्ण यादवले ९ हजार मत ल्याएर जितेको सो क्षेत्रमा एमालेका तर्फबाट गोइतले ६ हजार मत ल्याई तेस्रो स्थान हासिल गर्नुभएको थियो । रामचन्द्र झाका कारण एमाले छाडेर तमलोपामा लागेका गोइत झाले एमाले छाडेपछि आफ्नो पार्टीमा र्फकनुभएको हो । ‘ रामचन्द्र झाको उत्पीडनका कारण मैले एमाले छाडेको थिएँ, उनले एमाले छाडेपछि पार्टीमा फर्केको हुँ ।’- गोइतले अनलाइनखबरसँग भन्नुभयो, ‘झाले अन्तरघात गरेर धनुषामा मलाई चुनाव हराएको हो ।’ बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्धुलीका पूर्वजिविस उपसभापति तथा पूर्वएमाले नेता हेमबहादुर लामा पनि एमालेमा प्रवेश गर्नुभएको छ । त्यस्तै तमलोपाका धनुषा जिल्ला कमिटीका राजेन्द्र मण्डललगायतका केही सदस्यहरुले समेत एमालेको टीका लगाएका छन् । एमालेमा फर्केका लामाले विगतमा एमाले छाडे पनि कुनै दलमा नगई स्तन्त्र बसेको बताउनुभयो । त्यस्तै एमाओवादीका थारुवान् राज्य समिति सदस्य रोमहर्ष धिताल, एमाओवादी नेवा राज्यका सचिवालय सदस्य भगवान प्रसाद दाहाल पनि एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष खनालले पूर्व लडाकू अमृत गिरीलाई पनि टीका लगाई पार्टीमा प्रवेश गराउनुभयो । नेपालगञ्ज घर भएका धिताल ०६४ सालमा एमाले छाडेर एमाओवादीमा लाग्नुभएको थियो ।
देशभरिबाट दशौं हजार एमालेमा प्रवेश
देशभरिबाट दशौं हजार एमालेमा प्रवेश
छ महिना यता देशका विभिन्न जिल्लामा
कांग्रेस, एमाओवादी, राप्रपा लगायतका दल परित्याग गरी एमालेका प्रवेश गर्ने
हजारौंको विवरण एमाले नेता प्रदीप ज्ञवालीले कार्यक्रममा पढेर सुनाउनुभयो ।
पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता गरेका महासचिव ईश्वर पोखरेलले
एमालेमा प्रवेश गर्नेहरुको प्रचारबाजी गरेर सस्तो लोकप्रियता कमाउन नचाहेको
बताउनुभयो । ज्ञवालीले दिनुभएको जानकारी अनुसार इलामबाट २ सय ५०, झापाबाट
५२, सुनसरीबाट १५ सय, धनकुटाबाट ४२, मोरंगबाट २ सय र भोजपुरबाट १२ जना
विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी चितवनबाट ४ सय ६१, रौतहटबाट १
हजार ५०, बाराबाट ३ सय ७५, दैलेखबाट ५ सय ५६, हुम्लाबाट ८ सय २५ र
जाजरकोटबाट एमाओवादीका १३ जिल्ला कमिटी सदस्यसहित ७ सय ७९ जना एमालेमा
प्रवेश गरेको ज्ञवालीले बताउनुभयो । त्यस्तै ललितपुरबाट ३ सय जना एमालेमा
प्रवेश गरेको ज्ञवालीले बताउनुभयो । एमाले प्रवेश गर्नेमा सबैभन्दा बढी
एमाओवादीबाट छन् भने कांग्रेस र राप्रपाबाट पनि प्रवेश गरेका छन् ।
प्यूठानबाट ठूलो संख्यामा एमालेमा प्रवेश गरेकाले त्यहाँ एमालेले चुनाव
जित्ने ज्ञवालीले दाबी गर्नुभयो ।
|
0 comments
Write Down Your Responses