बलात्कृत युवतीलाई नै कुट्यो प्रहरीले

३ असार, वीरगञ्ज । बलात्कृत एक युवतीलाई बयान परिवर्तन गर्न प्रहरी अधिकृत कक्षमै कुटपिट गरिएको छ । पर्साको मड्ली ५ की युवतीले जिप्रकाका नायब उपरीक्षक वासुदेव खतिवडाको कार्यकक्षमा महिला प्रहरीले आफूलाई लाठीले कुटेको भन्दै कारबाही र न्यायका लागि नारायणी अञ्चल प्रहरीमा आइतबार उजुरी दर्ता गरेकी छन् ।

आमा, बाबु र गाउँका भलादमीसहित आएकी युवतीले आफूलाई अपहरणशैलीमा जिल्ला प्रहरीमा ल्ायएर बयान परिवर्तनका लागि दबाब दिएको उजुरीमा उल्लेख गरेकी छन् । जेठ ३ गते सोही गाउँ बस्ने ४० बर्षका विनोद साह र विदेशी महतोले राति ९ बजे घर नजिकको गोठमा मुख थुनेर सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि युवतीले रोईकराई गर्दै बाहिर आएपछि आमा, बुबा र गाउँलेले तिनीहरुलाई समात्न खोजेका थिए । भोलिपल्ट इप्रका पोखरियामा उजुरी दर्ता भएपछि महतोलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । साह फरार रहेको प्रहरीलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर छापेको छ ।
 
भिडियोको लागी तल क्लिक गर्नुहोला
श्रोत  : अनलाइनखबर

,

0 comments

Write Down Your Responses

Powered by Blogger.