आफ्नै बाबुले बलात्कार गरेपछि…..

आफूलाई जन्म दिने बाबु नै राक्षसको रुप लिएर बलात्कार गर्न आएपछि के लाग्छ र ? पपुवा न्यूगिनीको हाइल्याण्डकी एक युवतीलाई पनि यस्तै विपत आइलाग्यो । तर, उनले बाबु भनेर सहिनन् । बरु बलात्कारी बाबुको हातै काटिदिइन, जसका कारण उनको मृत्यु भयो । घरमा कोही नभएको मौका छोपेर बाबुले रातभर बलात्कार गरेपछि १८ वर्षकी युवतीले बाबुको हातै काटिदिएकी हुन् । गाउँलेहरुले पनि पीडित युवतीलाई साथ दिएका छन् । सुरक्षाकर्मी जाँदा उनीहरुले ती युवतीलाई प्रहरीको जिम्मा लगाउन मानेका छैनन् भने सुरक्षा घेरा दिएर राखेका छन् । स्थानीय चर्चका नेता पादरी कुमीका अनुसार स्थानीयले युवतीमाथि छानविन गर्न अस्वीकार गरेका छन् । युवतीले घटनाको बेलिबिस्तार लगाएपछि गाउँलेहरु उनका बाबुको मृत शरीर भएको ठाउँमा गएका थिए । पीडित युवतीका अनुसार आमा दुई सन्तानलाई लिएर आफन्तकोमा गएका बेला बाबुले बलात्कार गरेका थिए । रातभर बलात्कार गरेपछि पनि बिहान फेरि आफूमाथि कुकर्म गर्न लागेपछि छोरीले बाबुमाथि छुरी हानेकी थिइन । पादरी कुमीले भनेका छन-’हामी युवतीलाई समाजमा स्वतन्त्रपूर्वक बस्न दिन सहमत भएका छौं । किनकी उनका बाबु मृत्युका लागि योग्य थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.