‘मेरो ओठ साह्रै सेक्सी छ भन्छन्’

चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय गरेपछि कलाकार भावना गुरुङ एकाएक हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा समावेश २ गीतमा काम गरिसकेकी भावनासँग  गरेको कुराकानीः
२ बर्षसम्म कता हराउनु भयो तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।

कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.