तपाइको आजको राशिफल २०७० आषाढ १० गते सोमबार !
आज मिति २०७० साल आसाढ महिनाको १० गते सोमबार , तदनुसार जून महिनाको २४ तारिख २०१३, आजको राशिफल यस प्रकार छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने
हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म
गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ ।
कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले
पिरोल्ने छ । व्यापार व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या अउने देखिन्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक काममा संलग्न हुनुपर्ला ।
मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै
होला । धार्मिक वा सामाजिक
सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ
। दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम
खालको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन
गर्नु पर्नेछ, जसबाट यश, सम्मान र
प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र
प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन
हुने अनुपम दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिनको सुरुआतमा मन खिन्न
भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् ।
बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै
दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर
चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु
असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र
ढिलो गरी कार्यसम्पादन हुनेछ ।
बोलीको विपरीत अर्थ लाग्नाले
नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
असल समय छ । प्रतिकूल परिस्थितिले
तपाईंको पक्षमा कोल्टे फेरेको छ ।
मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित
व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ।
आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय,
लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला ।
सोचे अनुसार विभिन्न
ठाउँको यात्रा पनि हुनसक्छ ।
फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके
अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने
अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई
चारा तथा दानापानी खुवाउनाले आज मानसिक
सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा पहेंला लुगा लगाउनाले आज बौद्धिक
र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले
मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन
सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर
साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने
छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न
व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन
। आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग
बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै
दिन बित्छ । भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट
उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ
सावधानी अपनाउनु होला । रिसको कारणले
असर पुर्याउला । जो सँग जतिबेला बोले
पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा आँच आउने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिजोआज ठिकैको समय चल्दैछ । तपाईं विरुद्ध
काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् ।
इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।
समयको प्रतीक्षा गर्नु होला ।
दिउँसो पारिवारिक समस्याले मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
|
0 comments
Write Down Your Responses