आफ्नी श्रीमती हिजडा भएको थाहा पाएपछी....

एकपटक सोच्नुहोस्, तपाईंले धुमधामसँग बिहे गरेकी श्रीमती १९ वर्षपछि जन्मिदा पुरुष र पछि लिंग परिवर्तनगरी महिला भएको थाहा पाए तपाईलाई कस्तो लाग्छ ? हालैमा बेल्जिमयमा एक व्यक्तिलाई यस्तै भएको छ । बेल्जियमका जेन नामक व्यक्तिलाई बिहे गरेको १९ वर्षपछि थाहा भएको उनकी श्रीमती जन्मिदा पुरुष थिइन् र पछि लिंग परिवर्तन गरेर महिला भएकी हुन् । यस कुराको रहस्योदघाटन भए लगत्तै जेनले आफ्नो मानसिक सन्तुलन गुमाए र अहिले आफ्नो उपचार गराईरहेका छन् ।



एक स्थानीय पत्रिकाको अनुसार बेल्जियमका जेनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिका नामक युवतीसँग विवाह गरेर कानूनी प्रक्रिया पुरागरी श्रीमतीलाई बेल्जिम लगेका थिए । जेनका अनुसार अदालतमा उनले श्रीमतीलाई बेल्जियम लैजानका लागि लामो समय कानूनी लडाई समेत लडेका थिए । अदालतले जेनकी श्रीमतीको जन्म र पहिचानमाथी शंका गरेपनि उनको दाबी–तर्कलाई स्वीकारेको थियो । जेनले बताए कि उनलाई कहिल्यै पनि आफ्नी श्रीमती मोनिकामाथी शंका भएन । महिलामा हुने सम्पूर्ण गुण भएका कारण श्रीमतीमाथी आफूलाई कहिल्यै शंका नभएको जेनले बताएको जनाइएको छ । उनकी श्रीमती अन्य महिलासरह सुन्दर र आकर्षक पनि थिइन् । मोनिकासँग शारीरिक सम्बन्ध बनाउँदा पनि जेनले आफूलाई श्रीमतीमाथी शंका नभएको बताएको जनाइएको छ ।

यस कुराको खुलासा भने जेनले श्रीमती मोनिकाको कम्प्युटरमा अन्य कयौं पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि भएको हो । अन्य पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि श्रीमतीसँग जेनको विवाद सुरु भयो । विवाद चुलिदै जाँदा प्रहरीको समेत सहायता लिनु पर्‍यो । सोही बखत जेनका साथीहरुले जेनलाई उनकी श्रीमती मोनिकाले लिंग परिवर्तनगरी महिला भएको खुलासा गरेको जनाइएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.