कैलाली प्रहरीले धनगढीका तीनवटा होटलबाट अनैतिक यौनक्रियाकलापमा संलग्न चार जोडीलाई पक्राउ गरेको छ । धनगढीका अधिकांश होटलमा खुलमखुला यौन ब्यवसाय हुने गरेको थाहा पाएपछि बिहीबार प्रहरीले छापा मारेको हो । छापामार्ने क्रममा चार जोडीलाई यौन क्रियाकलपमा सक्रिय रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव निरीक्षक ऋषिराम काडेलले जानकारी दिए ।प्रहरी निरीक्षक किसनसिंह बुडालको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित मालिका होटलबाट दुई जोडी, चौराहस्थित ज्ञानु प्लाजा र सगरमाथा होटलबाट एक/एक जोडी पक्राउ परेको कैलाली प्रहरी प्रवक्ता नायव निरीक्षक काडेलले जानकारी दिए । नियन्त्रणमा लिईएका महिला १८ देखि २० वर्ष र पुरुष ३० वर्षसम्मका छन् । पक्राउ परेकालाई अभिभावक बोलाएर पहिलोपटक सुध्रिने मौका दिई छाडेको कडेलले बताए । यौन व्यवसाय चलाउने होटल मालिकलाई पनि आईन्दा व्यवसाय नगराउने शर्तमा सजग गराई छाडेको प्रवक्ता काडेलले बताए । धनगढीका होटलमा खुलमखुला रुपमा यौन व्यवसाय हुने गरेको जनगुनासो आएपछि प्रहरी सक्रिय भई निरन्तर रुपमा चेकजााच गर्दै आएको छ । अबैध यौनधन्दालाई निरुत्साहित गर्न सम्भावित होटलमा निगरानी बढाउनुका साथै सादा पोसाकमा प्रहरी परिचालन गरेको जनाएको छ ।
यौन क्रियाकलापमा लिप्त चार जोडी पक्राउ
Powered by Blogger.
0 comments
Write Down Your Responses