सेमिफाइनलमा स्पेन र इटली भिड्ने

१० असार, काठमाडौं । कन्फिडेरेसन कप फुटबलको सेमिफाइनलमा स्पेन र इटली भिड्ने भएका छन् । अर्को सेमिफाइनलमा आयोजक राष्ट्र ब्राजिल र उरुग्बे आमने सामने हुने भएका छन् ।

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले नाइजेरियालाई ३–० ले पराजित ग¥यो । उसको जितमा जर्दी अल्बाले २ तथा फर्नान्डो टोरेसले १ गोल गरे । जितसँगै ३ खेलबाट ९ अंक जोडेको स्पेन समूह बीको विजेता बन्यो ।

अर्को खेलमा उरुग्बेले टहिटीलाई ८–० ले पराजित ग¥यो । उसको जितमा हाबिल हर्नान्डेजले ४ गोल गरे भने लुइस स्वरेजले २ तथा डिएयो परेज र निकोलसले समान १–१ गोल गरे । यससँगै स्वरेज उरुग्बेका सर्वाधिक गोलकर्ता भएका छन् । उनले ३६ गोल गरेका छन् । यसअघि उनको र फोर्लानको समा ३४/३४ गोल गरेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
Sources : Onlinekhabar

,

0 comments

Write Down Your Responses

Powered by Blogger.