सरकारमा २ मन्त्री थप्ने तयारी !

१० असार, काठमाण्डौं । सरकारले निर्वाचनप्रक्रियाको विरोधमा रहेका राजनीतिक दलको गठबन्धन कमजोर बनाउन मन्त्रिपरिषद् पुर्नगठन गर्ने गृहकार्य थालेको छ । सरकारले निर्वाचन प्रक्रिया र सरकारविरोधी गठबन्धनबाट नौ दललाई अलग गराउन लागेको हो ।
विपक्षी गठबन्धनलाई कमजोर बनाएर निर्वाचन प्रक्रिया अघि बढाउने रणनीतिअन्तर्गत खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद्मा दुई सदस्य थप्न लागिएको स्रोतले बतायो । आगामी मंसिर ४ गतेका लागि संविधानसभा निर्वाचनको मिति तोकेपछि सरकार बढीभन्दा बढी दललाई चुनावमा सहभागी गराउने प्रयासमा रहेको सोमबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
उच्चस्तरीय राजनीतिक समितिमा रहेका नेताहरुकै परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गृहकार्य थालिएको स्रोतले बतयो । स्रोतले भन्यो, ‘बिस्तारै त्यो दिशामा गृहकार्य भइरहेको छ । त्यसबारे कुराकानी चलिरहेको छ ।’
मन्त्रिपरिषद पुनर्गठनका लागि गृहमन्त्री माधव घिमिरेले सोमबार प्रमुखदलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको स्रोतले जनाएको छ ।
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.